Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री ओली

गणतन्त्रमा प्रतिगमनकारी कानुन आउन सक्दैन : प्रधानमन्त्री ओली

सोमवार , भाद्र २, २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गरेका छन्।

मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र कानुन कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

ओलीले भने- 'हामीले कार्यान्वयन र अनुभवका आधारमा विभिन्न कानुन संशोधन र नयाँ कानुन ल्याउने काम गरिरहेको छ।  धेरै विधेयकहरु संसद्को यसै अधिवेशनमा ल्याएका छौँ। यो शिलशिला अगाडि बढिरहन्छ।  हामी केवल राजनीतिक लोकतन्त्रमा मात्रै सीमित नभई परिपूर्ण लोकन्त्रका पक्षमा छौँ । यसमा कहीँ पनि असमानता, भेदभाव र थिचोमिचोका कुराहरुलाई मानिँदैन । मुलुकी संहितामा देखिएका कमीकमजोरहिरुलाई संशोधन गर्नुपर्छ तर यहाँ बहुविवाहलाई मान्यता दिन कानुन आउन लाग्यो भनेर हल्लाको पछि कुद्नेहरु पनि छन् । यस्तो मान्यता आजको समाजले दिन्छ भनेर सोच्न सकिन्न।  त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउँदैन । जनतालाई कसरी छिटो र सही न्याय दिने भन्नेमा हामी सबैको प्रयास हुनुपर्छ ।'

संविधान जारी भएपछि संसद्‍बाट पारित भएको मुलुकी संहिता-२०७४ गएको २०७५ साल भदौ १ गतेदेखि कार्यान्वयनमा आएको थियो। त्यसैले प्रत्येक वर्ष भदौ १ गते मुलुकी संहिता दिवस मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077