Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अस्थिरताका रोगीहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउँदै छन् : शंकर पोखरेल 

अस्थिरताका रोगीहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउँदै छन् : शंकर पोखरेल 

सोमवार , भाद्र २, २०८२

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताका रोगीहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन्।

पोखरेलले नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू छट्पटिएको बताए।

आज प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले आगामी चुनावसम्मै यो गठबन्धन रहने बताएका हुन् ।

उनले भने-'दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाइरहेका छन्। उनीहरू अस्थिरताका रोगी हुन्। संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानून बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ ।'

सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानून नल्याउने स्पष्ट पारे।

उनले थपे-'अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानून बन्दैन । सरकारमा सहभागी भएपछि जस-अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन।'

कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै उनले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताए ।

उनले थपे-'हामीले पूर्वराष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन । यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोड्न आवश्यक छैन ।'

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077