Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एसपी सरुवामा तिव्र टक्कर, गृहमन्त्री र आईजीपीबीच कुरा मिलेन

एसपी सरुवामा तिव्र टक्कर, गृहमन्त्री र आईजीपीबीच कुरा मिलेन

सोमवार , भाद्र २, २०८२

काठमाडौं । नेपाल प्रहरीको एसपी सरुवामा यसपटक पनि तिव्र टक्कर देखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए।

अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी धेरै भएपछि निर्णयमा ढिलाई भएको छ ।

कास्की, मकवानपुर, भक्तपुर, सुनसरी, दाङ, कपिलवस्तु, पूर्वी नवलपरासी, डोटी लगायत जिल्लामा हेरफेरको तयारी भइरहेको छ । राम्रो कार्यसम्पादन नभएका तराईका जिल्लाका एसपीहरुको पनि अवधि नपुगी सरुवा हुने सम्भावना छ ।

रिक्त हुने जिल्ला थोरै भएकोमा जिल्ला जान चाहने एसपीहरु धेरै छन् । अघिल्लो सरुवामा अवसर नपाएका अंगुर जिसी तराईको जिल्लाबाहेक अन्यत्र नजाने अडानमा छन्।

त्यस्तै पर्सा बसिसकेका कुमोद ढुंगेल ख श्रेणीको जिल्ला जाने दाउमा छन्। उनी सकभर दाङ नभए मकवानपुर जान लविङमा छन् ।

६ महिनाअघि बढुवा भएका रुगम कुँवर, सुदीपराज पाठक, मनोहर भट्ट, कुलदीप चन्द, नवीन कार्की, सुमित खड्कालगायत पनि जिल्ला मागिरहेका छन्। नवीन कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ भएकाले उनले रोजेको जिल्ला पाउने सम्भावना छ। जसअनुसार उनको कास्की सरुवा हुने स्रोत बताउँछ ।

त्यस्तै, मनोहर र कुलदीप गृहमन्त्री रमेश लेखकका निकट मानिन्छन् । तनहुँबाट अवधि नपुगी तानिएकाले काठमाडौं परिसरका एसपी अपिलराज बोहराले पनि जिल्ला मागेका छन् । तर, उनलाई पनि गृहले रुचाएको छैन ।

त्यस्तै, एसपी सुमित खड्का पनि चलखेलकै आधारमा सरुवाको दौडधुपमा लागेका छन् ।

तेस्रो लटमा बढुवा भएका रबिन कार्कीले पनि तत्कालै कमाण्ड खोजेका छन् । सुदीपराज पाठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले अख्तियारकै सिफारिसमा उनी जिल्ला जान खोजेका छन्। अख्तियारमै कार्यरत एसपी मोहन थापा पनि आकर्षक जिल्ला ताकेर बसेका छन् ।

सरुवाको विषयमा गृहमन्त्री रमेश लेखक र आईजीपी थापाबीच कुरा मिल्न नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077