काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको कसुरका पक्राउ परका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध ५ दिन म्याद थप गरिएको छ ।
गोर्खालीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई आईतबार चन्द्रागिरीबाट पक्राउ गरेको थियो ।
उनलाई ५ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालत म्याद दिएको हो ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । तर, टिकट नपाएपछि उनको सांसद बन्ने योजना चकनाचुर बनेको थियो ।
गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०५८ सालमा सुन्धारास्थित बेबी लोन डिस्कोमा भएको रोशन लिम्बुको हत्यामा गोर्खाली नै प्रत्यक्ष्य जोडिएका थिए । गोर्खालीले तरबार प्रहार गरेर रोशनको हत्या गरेको खुलेपछि उनलाई १० वर्ष कैद भएको थियो ।