Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने भारतीय नागरिक पक्राउ, ट्रान्सक्रिप्टसहित त्रिविको ४०४० होलोग्राम बरामद

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने भारतीय नागरिक पक्राउ, ट्रान्सक्रिप्टसहित त्रिविको ४०४० होलोग्राम बरामद

सोमवार , भाद्र २, २०८२

रुपन्देही । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने धन्दामा सक्रिय भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ १ गते साँझ सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कबाट भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको हो ।

भारतको कानपुर जिल्ला नौवस्ति बस्ने बर्ष २५ का यादर्व नेपाल भारतमा रहेका शैक्षिक संस्था तथा विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम, तथा स्टिकरहरु साथमा लिई हिडेको अवस्थामा बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रबेश गर्न लागेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका यादवले बोकेको सुडकेस खानलतासी गर्दा शैक्षिक प्रमाणत्रहरु जस्तो देखिने बिभिन्न कागजपत्रहरु, स्ट्याम्प, होलोग्राम जस्तो देखिने स्टिकरहरु, ल्यापटप, नगद, इलेक्ट्रोनिकलगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

उनको साथबाट ट्रान्सक्रिप्टसहित त्रिभुवन विश्वविद्यालयको १०१२ लेखिएको २१ बण्डल होलोग्राम बरामद भएको छ । जसमा ४०४० पिस रहेको प्रहरीले जनाएको छ ।

यादवमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यादवको साथबाट बरामद भएका सामानहरू

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077