Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीको एक करोड भ्रष्टाचार मुद्दामा एक लाख धरौटी माग

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीको एक करोड भ्रष्टाचार मुद्दामा एक लाख धरौटी माग

सोमवार , भाद्र २, २०८२

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो ।

सोमबार अदालतमा उपस्थित भई बयान दिएका सोडारीलाई थुनछेकपछि धरौटी बुझाएर रिहा गरिएको हो ।

सोडारी ६ वैशाख २०८१ देखि २० साउनसम्म मुख्यमन्त्री बनेका थिए । त्यसअघि उनी भौतिक पूर्वाधारमन्त्रीसमेत थिए । नेकपा (एकीकृत समाजवादी) का नेता सोडारी हाल प्रदेश सभा सदस्य भए पनि भ्रष्टाचार मुद्दा दर्ता भएपछि उनको पद निलम्बनमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077