Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार बस्नेत यूएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार बस्नेत यूएईबाट पक्राउ

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत युनाइटेड अरब इमिरेट्समा पक्राउ परेका हुन् ।

एनसीबी अबु दुबाई युएईको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077