Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गौर हत्याकाण्ड : अनुसन्धान अघि बढाउन गृहमन्त्रीले थाले तीनवटै सुरक्षा प्रमुखसँग छलफल

गौर हत्याकाण्ड : अनुसन्धान अघि बढाउन गृहमन्त्रीले थाले तीनवटै सुरक्षा प्रमुखसँग छलफल

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले रौतहटको गौर हत्याकाण्डको अनुसन्धान प्रक्रियाबारे छलफल थालेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले छलफल थालेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, बैठकका लागि तीनवटै सुरक्षा निकाय प्रमुख केही बेरअघि मात्रै गृहमन्त्रालय पुगेका छन् ।

सोमबारमात्रै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गौर हत्याकाण्डबारे अनुसन्धान गर्न परमादेश जारी गरेका थिए ।

त्रिभुवन साहसहितले गौर हत्याकाण्डमा मुद्दा चलाउने बाटो खोलिदिन माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चको परमादेशसँगै घटनाको १९ वर्षपछि अनुसन्धान हुने भएको हो ।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा तत्कालीन माओवादी र फोरमले एकै स्थानमा कार्यक्रम आयोजना गरेपछि दुई पक्षबिच भीषण झडप भएको थियो। झडपमा फोरमका सशस्त्र कार्यकर्ताहरूको आक्रमणमा परी २७ जना माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो, जसमा पाँच महिला र २२ पुरुष थिए। घटनामा ५२ जनाभन्दा बढी घाइते भएका थिए।

‘गौर नरसंहार’का रूपमा परिचित यो घटनामा संलग्न दोषीहरूलाई १९ वर्ष बितिसक्दा पनि कानुनी कारबाही हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077