काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कल बहादुर बस्नेत पक्राउ परेका छन् ।
एनसिबि आबुदाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो ।
कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका उनलाई सम्बन्धित कसुर बमोजिम कानूनी कारबाहीको लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।