Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रुपन्देहीमा चक्कु प्रहार : दाइको मृत्यु, भाइ गम्भीर घाइते

रुपन्देहीमा चक्कु प्रहार : दाइको मृत्यु, भाइ गम्भीर घाइते

मंगलवार , भाद्र ३, २०८२

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–४ मा भएको विवाद र झगडाले ज्यानै लिएको छ। मंगलबार राति चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा देवदह–४, प्रगतिटोलका ३८ वर्षीय सन्त बहादुर कुमाल रहेका छन् । चक्कु प्रहारमा घाइते उनका १९ वर्षीय भाइ सुमन कुमालको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार सोही वडाका १९ वर्षीय सुदिप जैसीले विवादका क्रममा दाजुभाइलाई चक्कु प्रहार गरेका थिए । घटनापछि गम्भीर अवस्थामा रहेका दुवैलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

उपचारकै क्रममा सन्त बहादुरको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले जैसीलाई पक्राउ गरेको हो ।

हाल आरोपी प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077