Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाल प्रहरीका इन्स्पेक्टर गुरुङ थुनामा

नेपाल प्रहरीका इन्स्पेक्टर गुरुङ थुनामा

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिनेश गुरुङलाई ललितपुर प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।

गुरुङकी पूर्वपत्नीले दिएको जाहेरीका आधारमा जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गत १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मुद्दा दर्ता हुनु अघि नै गुरुङले सामाजिक सञ्जालमार्फत आफू नै पीडित भएको दाबी गरेका थिए।

फेसबुकमार्फत उनले छोरीलाई भेट्न जाँदा पूर्वपत्नीले अपमानजनक व्यवहार गरेको र त्यसको प्रतिकार गर्दा उल्टै झुट्टा आरोप लगाइएका बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077