Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौं प्रहरीको ऐतिहासिक उपलब्धि : एकै वर्षमा ५ हजार ५८५ फरार अभियुक्त पक्राउ

काठमाडौं प्रहरीको ऐतिहासिक उपलब्धि : एकै वर्षमा ५ हजार ५८५ फरार अभियुक्त पक्राउ

मंगलवार , भाद्र ३, २०८२

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयन अभियान अन्तर्गत ५ हजार ५८५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६७ जना मात्र पक्राउ परेका थिए । यसरी यो वर्ष पक्राउ संख्या ४२३ प्रतिशत अर्थात् पाँच गुणाले बढेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार पक्राउ संख्यामा आएको यो उछालले कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश बलियो बनाएको छ ।

उनले भने, एकै जिल्लाबाट हजारौँ फरार अपराधी पक्राउ हुनु प्रहरी संगठनप्रतिको जनविश्वासमजबुत भन्ने पनि हो विशेषगरी राजधानीमै कानुनी शासनको कार्यान्वयनमा यो संख्याले महत्त्वपूर्ण योगदान पुर्‍याएको

प्रहरीले सो अवधिमा जरिवाना संकलनमार्फत २४ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

काठमाडौं प्रहरी परिसरमा सो आर्थिक वर्षमा मात्रै १२ हजार ९१५ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ८ हजार ५२० जनालाई पक्राउ गरियो । तथ्यांकअनुसार काठमाडौंमा अपराध दर्ता हुने दर पछिल्ला वर्षहरूमा उतारचढावसहित बढ्दो क्रममा छ ।

काठमाडौं प्रहरी परिसरमा स्वीकृत दरबन्दी ४ हजार १६ भए पनि कार्यरत संख्या ३ हजार २३३ मात्र छ । त्यसमध्ये ४०९ महिला र २८२४ पुरुष प्रहरी छन् ।

यति कम संख्यामा पनि परिसरले दैनिक २ हजार ५२१ प्रहरी परिचालन गरी राजधानीभरि ५५२ स्थानमा शान्ति–सुरक्षाको उपस्थितिलाई कायम राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077