Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सामाजिक सञ्जालमार्फत चरित्र हत्या र घृणा फैलाएको आरोपमा प्रजा पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या र घृणा फैलाएको आरोपमा प्रजा पक्राउ

बुधवार , भाद्र ४, २०८२

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या र घृणा फैलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मंगल सिं प्रजा रहेका छन् । उनलाई काठमाडौंको शंखमूल क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो ।

साइबर ब्युरोका अनुसार प्रजाले फेसबुक आईडी प्रयोग गरी विभिन्न व्यक्ति तथा संस्थामाथि अमर्यादित अभिव्यक्ति पोस्ट गर्दै समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा गम्भीर असर पार्ने खालका सामग्री प्रवाह गरेका थिए ।

प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणपछि पक्राउ गरिएका प्रजामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही अघि बढाइएको छ।

काठमाडौं जिल्ला अदालतमा पेश गरिएपछि अदालतले थप अनुसन्धानका लागि उनलाई दुई दिन थुनामा राख्न म्याद थप गरेको साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077