Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

डेढ करोडको ५ करोड असुलेर पक्राउ परेका बडि बिल्डरविरुद्ध पाँच दिन म्याद थप

डेढ करोडको ५ करोड असुलेर पक्राउ परेका बडि बिल्डरविरुद्ध पाँच दिन म्याद थप

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । एक करोड ४० लाख रुपैयाँ ऋण दिएर करिब पाँच करोड रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका बडि बिल्डर कविराज कटुवाललाई ललितपुर जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

सिन्धुपाल्चोक स्थायी घर भएका ३४ वर्षीय कटुवालले एक व्यक्तिलाई एक करोड ४० लाख रुपैयाँ ऋण दिएका थिए।

तर सो व्यक्तिले अहिलेसम्म चार करोड ८६ लाख रुपैयाँ बुझाइसक्दा पनि कटुवालले अझै रकम बाँकी रहेको भन्दै दबाब र दुख दिने कार्य गरेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अनुचित लेनदेन (मिटरब्याज)को आरोपमा कटुवाललाई सोमबार मकवानपुरबाट पक्राउ गरी ललितपुर ल्याइएको हो। अदालतको आदेशअनुसार हाल उनीमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077