Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सबै प्रयासका बाबजुद पनि विपिनको अवस्था अझै अज्ञात रहेको छ : परराष्ट्र मन्त्रालय

सबै प्रयासका बाबजुद पनि विपिनको अवस्था अझै अज्ञात रहेको छ : परराष्ट्र मन्त्रालय

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । सबै प्रयासका बाबजुद पनि विपिन जोशीको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विपिनकी आमा र बहिनी इजरायल पुगेको सन्दर्भमा बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो।

विज्ञप्तिमा भनिएको छ- 'सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ। निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ।'

मन्त्रालयले विपिनको रिहाइको विषयलाई उच्च प्राथमिकतामा राखेको बताइएको छ।

'यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ-आफ्ना सरकार समक्ष पुर्‍याउन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन् । यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रुपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ। यसका अतिरिक्त, माननीय परराष्ट्रमन्त्रीज्यू र परराष्ट्र सचिवज्यूले मन्त्रालयमा कतार, इजिप्ट, इजरायल, अमेरिका तथा युरोपेली मुलुकका महामहिम राजदूतहरूले गर्नुहुने शिष्टाचार भेटघाट तथा कुराकानीका क्रममा विपिन जोशीको जीवन रक्षा र शीघ्र रिहाइको लागि पहल, पहुँच र सहयोग बढाइदिन अनुरोध गर्दै आउनुभएको छ।'

त्यस्तै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने सूचीमा राख्न सरकारमार्फत् बारम्बार अनुरोध गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077