काभ्रेपलाञ्चोक । काभेपलाञ्चोकमा अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा खण्डमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ।
धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा आज बिहान करिब ९ः४० बजे उक्त स्थानमा पहिरो खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
पहिरोका कारण साढे २ घण्टा अवरुद्ध सडक अहिले एकतर्फी संचालनमा आएको प्रहरीले जनाएको छ ।
सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।