Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आधारभूत तहका प्रहरीको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्दैछौँ : गृहमन्त्री लेखक

आधारभूत तहका प्रहरीको पेन्सन १६ वर्षमै हुने व्यवस्था गर्दैछौँ : गृहमन्त्री लेखक

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था मिलाउने गरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको बताएका छन्।

नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने-'प्रहरी सम्बन्धी कानुनको नयाँ मस्यौदामा आधारभूत दर्जाका प्रहरीलाई २० वर्षमा निवृत्त हुने व्यवस्था थियो । अब सो अवधिलाई घटाएर १६ वर्षमा झार्ने प्रावधान रहनेछ। कार्यालय सहयोगीदेखि हवल्दारसम्मको तहलाई आधारभूत तह मानिएको छ, र अब यस तहका प्रहरी १६ वर्षमै सेवा निवृत्त हुनेछन् ।'

उनका अनुसार आधारभूत तहका प्रहरीले न्यूनतम ८ देखि अधिकतम १४ घण्टासम्म दैनिक ड्युटी गर्ने भएकाले १६ वर्षमै उनीहरूले २३-२४ वर्ष बराबरको सेवा गरिसकेजस्तो देखिन्छ ।

उनले उदाहरण दिदैं भने - 'निजामति कर्मचारी कुर्सी-टेबलमा बसेर जम्मा ५-६ घण्टा मात्रै काम गर्छन्। तर आधारभूत तहका प्रहरी निरन्तर उभिएर काम गर्ने भएकाले छिट्टै थकाइ हुने गर्छ । त्यसैले १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था गर्न लागिएको हो ।'

गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाती, लिङ्ग र भूगोलको प्रतिनिधित्व हुने संरचना बनाइने उल्लेख गर्दै महिलाको आरक्षणसमेत थप गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077