दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।
दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।
चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ यसबारे विस्तृत थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।