काठमाडौं । काठमाडौंको तारकेश्वरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती (श्रीमान) ले ३५ वर्षीया शर्मिला मग्राती (श्रीमती) को हत्या गरेका हुन्।
हत्या आरोपमा भीमसेनलाई बुधबार राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको छ । घरायसी विवादका क्रममा फरुवा प्रहार गरेर भीमसेनले शर्मिलाको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।