काठमाडौं । गृहमन्त्री रमेश लेखकले समाजमा महामारीझैँ फैलिरहेको यौनजन्य हिंसा, साइबर अपराध र लागूऔषध नियन्त्रणमा महिला प्रहरीको भूमिका निर्णायक हुने बताएका छन्।
नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजित ‘प्रथम महिला प्रहरी सम्मेलन, २०८२’ को बिहीबार उद्घाटन गर्दै उनले महिला प्रहरीलाई यस्ता गम्भीर अपराध नियन्त्रणको अग्रमोर्चामा परिचालन गरिने संकेत दिए।
गृहमन्त्री लेखकले भने, “यौनजन्य घटना, लागूऔषध र साइबर अपराध आजका सबैभन्दा ठूलो चुनौती हुन्। यस्ता अपराधबाट बढीपीडित महिला र बालबालिका हुने भएकाले अनुसन्धान र न्यूनीकरणमा महिला प्रहरीको संलग्नता पुरुषभन्दा कैयौं गुणा प्रभावकारीहुन्छ।”
उनले महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई अझ सशक्त र क्रियाशील बनाउन निर्देशन दिँदै महिला प्रहरीको सक्रियताले अपराध नियन्त्रणमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे।