स्याङ्जा । प्रवेशाज्ञा (भिसा) बिना पुतलीबजार नगरपालिका–१ प्रगतिनगरमा लुकीछिपी बसिरहेका दुई जापानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिहीबार पत्रकार सम्मेलन गर्दै सिरोरी सिटीका ४६ वर्षीय योइचिरो यहागी र ४७ वर्षीया हानाको यहागीलाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरूलाई मंगलबारै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि पर्यटक प्रहरी कार्यालय पोखरा पठाइएको छ।