Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

यात्रुवाहक सवारी साधनमा आरक्षण सिटबारे डीआईजी बिकको चासो

यात्रुवाहक सवारी साधनमा आरक्षण सिटबारे डीआईजी बिकको चासो

शुक्रवार , भाद्र ६, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले यात्रुवाहक सवारी साधनमा आरक्षण सिट प्रणाली कार्यान्वयन भए–नभएको अनुगमन गरेका छन् ।

उनले कैलालीको अत्तरिया बसपार्कमा यात्रुवाहक सवारी साधनमा छड्के अनुगमन गरेका हुन् । साथमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर शाही पनि सहभागी थिए ।

शुक्रबार डीआईजी बिकको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका प्रमुख प्रहरी उपरीक्षक शाही, इलाका प्रहरी कार्यालय मालाखेतीका नायव उपरीक्षक रणबहादुर चन्द, यातायात व्यवस्था कार्यालय कैलालीका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, विभिन्न यातायात व्यवसायी प्रालिका प्रतिनिधि, भद्रभलादमी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले यात्रुवाहक सवारी साधनमा यात्रुको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै आरक्षण सिट प्रणालीलाई अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

अनुगमन टोलीले अत्तरिया बसपार्कमा सञ्चालनमा रहेका विभिन्न सार्वजनिक सवारी साधनको निरीक्षण गर्दै आरक्षण सिटको कार्यान्वयनको अवस्था मूल्यांकन गरेको छ । यस क्रममा चालक र व्यवसायीलाई कानुनी प्रावधानअनुसार आरक्षण प्रणालीलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077