Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेनाका मेजरको नाममा बैंक खाता खोलेर करोडौं ठगी, कुमारी बैंकमाथि अनुसन्धान

सेनाका मेजरको नाममा बैंक खाता खोलेर करोडौं ठगी, कुमारी बैंकमाथि अनुसन्धान

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । नेपाली सेनाका हराएको पासपोर्ट र फोटोका आधारमा बैंक खाता खोलेर करोडौं ठगी भएको छ ।

मेजर प्रचण्डराज गिरीको फोटो र नागरिकता दुरुपयोग गरी विदेश पठाइदिने भनेर लजमुङ वेशीसहरका विजय परियारले ठगी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यस प्रकरणमा मेजरको जाहेरीका आधारमा परियार र कुमारी बैंकका कर्मचारी गोकर्ण ज्ञवालीविरुद्ध कीर्ते मुद्दा दायर गरेको छ ।

मेजर गिरीको फोटो टाँसेर बिशाल थापाको नाममा परियारले कुमारी बैंकको गोल्फुटार शाखामा खाता खोलेका थिए । गिरीको नागरिकता नम्बर तथा फोटो दुरुपयोग गरी त्यसरी खाता खोलिएको थियो । सो प्रकरणमा बैंकको समेत मिलेमतोको आरोप लागेको छ ।

सो खातामा विदेशी पठाइदिने भन्दै पैसा हाल्न लगाइन्थ्यो । पछि परियार फरार भए । खाताबारे बुझ्दा त काल्पिनक मान्छेको नाममा खाता खोलेको पाइयो । कुमारी बैंकले खाता खोल्न संलग्न कर्मचारी ज्ञवालीले जागिर छाडिसकेको भनेर उनलाई जोगाउने काम गरेको छ ।

सरकारी वकिल कार्यालयले ज्ञवाली र परियारविरुद्ध शुक्रबार जिल्ला अदालतमा कीर्ते मुद्दा दायर गरेको छ । उता यही घटनामा जिल्ला प्रहरी कार्यालयले भने मेजरमाथि समेत अनुसन्धान गरेको छ ।

उनको नागरिकता नम्बरका आधारमा बिजय थापाको नाममा अर्को नागरिकता बनेको भन्दै मेजर गिरी अनुसन्धानमा तानिएका हुन्। पासपोर्ट र फोटो हराउँदा उनी झमेलामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077