Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुटकेशभित्र महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

सुटकेशभित्र महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

आइतवार , भाद्र ८, २०८२

रौतहट । रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार बिहान सुटकेशभित्र एक महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा भेटिएको सो सुटकेश खोल्दा भित्र अज्ञात महिलाको शव भेटिएको हो ।

प्रारम्भिक अनुमानअनुसार महिलाको हत्या गरी शव सुटकेशमा हालेर फालिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।

हाल शवको पहिचान खुल्न बाँकी छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077