Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरी ठेक्कामा सेटिङ : नमुना नै परिवर्तन गराई यसरी हुँदैछ करोडौँ घोटाला

प्रहरी ठेक्कामा सेटिङ : नमुना नै परिवर्तन गराई यसरी हुँदैछ करोडौँ घोटाला

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक बर्षमा कपडा, जुत्ता लगायतका बन्दोबस्तीका सामान खरिदमा प्रतिस्पर्धालाई सीमित गरी निश्चित ठेकेदारलाई मात्र ठेक्का दिनेगरी सेटिङ मिलाएर टेण्डर आह्वान गरेको बिषयमा अनलाइन नेपालले एकपछि अर्को तथ्य सार्वजनिक गर्दैआएको छ ।

ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, टोपेन्द्र बीसी लगायत केही ठेकेदारसँग सेटिङ गरी बोलपत्र सूचना निकालेकाले छानबिन गर्न र पुनः टेण्डर गर्न माग गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दर्ता भएको थियो ।

खरिद अनुगमन कार्यालयले स्वच्छ प्रतिस्पर्धा गर्नका लागि पुनः टेण्डर आह्वान गर्नुपर्नेमा सुझाव मात्र दिएको छ । टेण्डरमा भएको सेटिङका बारेमा गम्भीर छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन समेत पालना नगरी खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलाले झारा टार्ने प्रतिवेदन दिएका छन् ।

सेटिङ गर्ने ठेकेदारहरुले खरिद अनुगमनमा समेत चलखेल गरी टेण्डर प्रक्रिया द्रुत गतिले अगाडि बढाउँदै वर्तमान आईजीपी दीपक थापाकै कार्यकाल (भदौ १८ गते) मै प्राविधिक मूल्यांकन सकाउने तयारी गरेका छन् ।

प्रबन्ध चलाउने हर्ताकर्ता प्रहरी अधिकारीले ठेक्का प्रक्रियाको महत्वपूर्ण मानिने प्राविधिक मूल्यांकन वर्तमान आईजीपीकै पालामा सक्नेगरी अगाडि बढेका छन् ।

प्राविधिक मूल्यांकनमा सेटिङका ठेकेदारको कम्पनीमात्र छनोट गरिसकेपछि प्रहरी नेतृत्व परिवर्तनपछि पनि फरक पर्दैन । भदौ १८ पछि २ महिना ९ दिनका लागि चन्द्रकुवेर खापुङ आईजीपी हुने निश्चित छ ।

खापुङ आईजीपी भएपछि बोलपत्रमा सेटिङ भएको बिषयमा सून्यबाट छानबिन गराउन सक्ने सम्भावना भएकाले जसरी पनि प्राविधिक मूल्यांकन सकाउने गरी प्रबन्धका कर्मचारीहरु लागेका छन् ।

खापुङ अख्तियार प्रमुख प्रेम राई निकट मानिन्छन् । अख्तियारले यो प्रकरणलाई गम्भिरताका साथ लिएका कारण पनि
अख्तियारकै पत्रमा आधारमा सार्वजनिक खरिदले छानविन गरेको हो । छानविन प्रतिवदेन अख्तियारमा पनि पठाइएको छ ।

उक्त प्रतिवदेन झारा टार्ने र सेटिङलाई नै बढवा दिने खालको भएकाले पनि अख्तियारले थप अनुसन्धान गर्ने आयोगका एक अधिकारी बताउँछन् ।

प्रहरीको करिव डेढ अर्बको ठेक्कामा ५० करोड घोटाला हुन लागेको तथ्यसहित उजुरी परेपछि अख्तियारले गम्भीर रुपमा चासो राखेको हो ।

प्रहरीको खरिदमा कुन तहको सेटिङ भएको थियो भन्ने कुरा प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले टेण्डर सूचना निकाल्नु अघिल्लो दिन साउन ३ गते ऊलन पाइन्टको ३५ हजार मिटरको नमूना परिवर्तन गरिनुले पनि पुष्टि गरेको छ ।

गएको साउन ४ गते प्रहरीले गरेको टेण्डरमा ऊलन पाइन्टको नमूना ठेकेदार टोपेन्द्र बीसीको कम्पनीले पाउनेगरी परिवर्तन गरिएको स्रोत बताउँछ । थप न्यानो वा गुणस्तरीय ऊलन पाइन्ट खरिद गर्ने उद्देश्यले नमूना परिवर्तन गर्नुलाई स्वभाविक मान्न सकिन्छ । तर झन् गुणस्तरहीन नमूना राखेर टेण्डर गरिएको छ ।

पहिलाको ऊलन पाइन्टको कपडाको नमूनामा ३५ प्रतिशत ऊलन र ६५ पोलिष्टर थियो । अहिले चाहिँ बीसी र अग्रवालले पेश गरेको ऊलन, पोलिष्टर र नाइलन समेत हालेर नमूना राखिएको छ ।

कुनै पनि कपडाको नमूना परिवर्तन गर्दा नेपाल सरकारका टेक्सटाइल इन्जीनीयरले परीक्षण गरी स्वीकृति दिनुपर्ने हुन्छ । तर टोपेन्द्र बीसी र श्रवण अग्रवालको सेटिङमा चल्ने गुणस्तर तथा नापतौल बिभागका प्राविधिक उपसचिव किरण सुवेदीले ऊलन पाइन्टको कपडाको नमूनामा सहमति दिएका छन् ।

लामो समयदेखि बिभागमा कार्यरत उपसचिव सुवेदीमार्फत् नै ठेकेदार बीसी र अग्रवालले आफ्ना नमूना पास गराउने र प्रतिस्पर्धी ठेकेदारको फेल गराउने गरेको आरोप छ ।

ऊलन पाइन्टको कपडाको नमूना पूरै सेटिङमा परिवर्तन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरे पनि पुष्टि हुने स्रोत बताउँछ । स्रोतका अनुसार शक्तिकेन्द्रमा ठेकेदार बीसी र अग्रवालले नमूना देखाई प्रबन्ध निर्देशनालयका अधिकारीहरुलाई भेटेर बेबसाइटमा राखिएको थियो ।

बीसीले टेण्डर सूचना प्रकाशित हुनुभन्दा एक दिनअघि नमूना परिवर्तन गर्नका लागि २५ लाख रुपैयाँ शक्तिकेन्द्रमा बुझाएको स्रोतको दाबी छ ।

बीसी टेलिकमका छैटौं तहका कर्मचारी हुन् । श्रीमती र सालाका नाममा फर्म दर्ता गर्ने र टेलिकमको कर्मचारी भएर ठेक्कापट्टा गर्ने, सम्झौतामा हस्ताक्षर कीर्ते गर्ने गरेका बीसी पछिल्ला दिनमा भने प्रहरी प्रधान कार्यालय र सशस्त्र मुख्यालय कम जाने गरेका छन् ।

प्रहरी प्रधान कार्यालय र सशस्त्र मुख्यालयमा जाने र मिलाउने काममा बीसीले ब्यापारीक साझेदार श्रवण अग्रवाललाई पठाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077