Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कुटपिटबाट ३२ वर्षीय युवकको मृत्यु, दुई पक्राउ

कुटपिटबाट ३२ वर्षीय युवकको मृत्यु, दुई पक्राउ

आइतवार , भाद्र ८, २०८२

स्याङ्जा । स्याङ्जामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका-५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, शनिबार राति थापामाथि कुटपिट गरिएको थियो । उनलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उनको उपचार गरिएको थियो ।

थप उपचारका निम्ति उनलाई गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नैमा हरिनाश गाउँपालिका-५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका-५ का २४ वर्षीय अनिल शाही रहेका छन् ।

प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077