काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसभामुख इन्दिरा राना मगर जोडिएको बालबालिकाको अवैध ओसारपसार विषयको अनुसन्धान थालेको छ ।
राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले अनुसन्धान थालेको हो।
सीआईबी स्रोतका अनुसार विभिन्न माध्यममा पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आइरहेकाले त्यसबारे बुझ्ने काम भइरहेको हो ।