Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'गुण्डा नाइके' रेस लामा चाबहिलबाट पक्राउ

'गुण्डा नाइके' रेस लामा चाबहिलबाट पक्राउ

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । लामो समयदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका गुण्डा नाइके भनेर परिचित गोपाल मोक्तान उर्फ रेस लामा पक्राउ परेका छन् ।

लामालाई आइतबार साँझ चाबहिलस्थित एवान क्याफेबाट गौशाला प्रहरी वृत्तको सादा पोशाकमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

दोलखा घर भएका उनी काठमाडौंमा सक्रिय रूपमा आपराधिक गतिविधि गर्दै आएका थिए ।

प्रहरीका अनुसार लामा केही दिनअघि बत्तिस पुतलीस्थित बाजेको सेकुवामा एक व्यक्तिमाथि हातपात र अभद्र व्यवहारमा संलग्न भएको उजुरी दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रहरीले लामामाथि थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077