Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

यमनमा इजरायली हवाई आक्रमण, हुथीका अड्डा निशाना

यमनमा इजरायली हवाई आक्रमण, हुथीका अड्डा निशाना

सोमवार , भाद्र ९, २०८२

एजेन्सी । इजरायली सेनाले यमनस्थित हुथी विद्रोहीका अड्डाहरूमा ठूलो मात्रामा हवाई आक्रमण गरेको दाबी गरेको छ ।

हुथीहरूले इजरायललाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले आक्रमण गरेको हो ।

इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत जनाएको अनुसार राजधानी साना स्थित विद्रोहीहरूको प्रयोगमा रहेका अड्डाहरूलाई निसाना बनाइएको छ ।

प्रहरीका अनुसार आक्रमणको लक्ष्यमा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, पावर प्लान्टहरू र इन्धन भण्डारण केन्द्रहरू परेका छन् ।

इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले नागरिक संरचनालाई ‘आतंकवादी गतिविधि’का लागि प्रयोग गरिरहेको आरोपसमेत लगाएको छ ।

हवाई आक्रमणपछि यमनको राजधानीमा ठूलो विस्फोट र आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077