धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फुलवारी गाउँस्थित एक घरबाट ठूलो मात्रामा चोरीपैठारीको मोबाइल पार्ट्स बरामद भएको छ।
सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीले भाद्र ८ गते गरेको विशेष अपरेसनमा करिब ५९ लाख १३ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको हो ।
बरामद गरिएका सामान सत्ती भन्सार कार्यालय टिकापुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरिएका सामान भारततर्फबाट अवैध रूपमा नेपाल भित्र्याइएको शंका गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।