Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रौतहटको सुटकेश हत्या प्रकरण : एकजना संदिग्ध पक्राउ

रौतहटको सुटकेश हत्या प्रकरण : एकजना संदिग्ध पक्राउ

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार संलग्नता देखाउने पर्याप्त प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

अहिले थप बुझ्ने र प्रमाण भेरिफाई गर्ने काम भइरहेको स्रोत बताउँछ । प्रहरीले उनको नाम खुलाएको छैन ।

गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्केकी रुबी त्यसै दिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव सुटकेशमा प्याक गरिएको अवस्थामा सडक किनारमा फेला परेको थियो ।

साहले दिउँसो करिब ६ बजे आमा मिथिला देवी साहलाई फोन गरेर केही सामान ल्याउनुपर्ने बताएका थिए । तर, त्यसपछि उनी बेपत्ता भएकी थिइन् ।

राति १० बजेतिर संकास्पद अवस्थामा सडकमा राखिएको सुटकेश देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077