Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली कारागारमा थुनुवाको मृत्यु

कैलाली कारागारमा थुनुवाको मृत्यु

सोमवार , भाद्र ९, २०८२

धनगढी । कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

कारागार प्रशासनका अनुसार टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको हो ।

कारागारका जेलर प्रकाश ढुंगानाका अनुसार चौधरीलाई दिउँसो साढे २ बजे अचानक रिंगटा लागेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

तर, अस्पताल पुगेको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ढुंगानाले चौधरीलाई उच्च रक्तचापको समस्या रहेको जानकारी दिँदै मृत्यु त्यही कारणले भएको चिकित्सकको प्रारम्भिक धारणा रहेको बताए ।

तथापि, मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र पुष्टि हुने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077