Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मनाङे २०८४ मा उम्मेदवार हुन नपाउने, प्रदेशसभा सदस्यता खोसियो

मनाङे २०८४ मा उम्मेदवार हुन नपाउने, प्रदेशसभा सदस्यता खोसियो

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । गुन्डा नाइकेका रूपमा चर्चित गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन अयोग्य ठहरिएका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गर्ने आदेशको पूर्णपाठ हालै सार्वजनिक गरेको हो ।

पूर्णपाठमा ज्यान मार्ने उद्योग मुद्दामा अदालतको अन्तिम फैसलाअनुसार दोषी ठहर भई सजाय भुक्तान गरेकाले ६ वर्षसम्म निर्वाचनमा उम्मेदवारी दिन नपाउने स्पष्ट उल्लेख गरिएको छ ।

यसअघि नै सांसद पदमा रहिरहन अयोग्य घोषित गरिएका मनाङेले अब प्रदेशसभा सदस्यको सम्पूर्ण अधिकार गुमाएका छन् । उनी विजयी भएको मनाङ क्षेत्र नम्बर २ मा रिक्तता सिर्जना भएको कारण अब निर्वाचन आयोगले पुनः निर्वाचन गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077