Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न सभापति देउवाले बोलाए बैठक

राज्य व्यवस्था समिति सभापतिबारे निर्णय गर्न सभापति देउवाले बोलाए बैठक

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको समितिको सभापतिबारे निर्णय लिन नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे बुढानिलबण्ठमा बैठक बोलाएका हुन् ।

बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ ।

राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077