काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा सुरु भएको छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापति उमेदवार चयन गर्न कांग्रेसको पदाधिकारी बैठक सुरु भएको हो ।
सोमबार पनि कांग्रेस सभापति, उपसभापति र महामन्त्री गरी पाँच पदाधिकारीको बैठक बसेको थियो । तर निष्कर्ष निस्केको थिएन । त्यसपछि देउवाले आजका लागि बैठक डाकेका हुन् ।
समितिमा कांग्रेसकै तर्फबाट सभापति बनेका रामहरि खतिवडामाथि संघीय निजामति विधेयकमा कुलिङ पिरियडमा भएको चलखेलमा नैतिक प्रश्न उठाएपछि उनले राजीनामा दिएका थिए ।