काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा आज मनोनयन दर्ता हु्ने भएको छ ।
सोमबार संसद सचिवालयका सचिव हर्कराज राईले जारी गरेको कार्यतालिकामा सभापतिको मनोनयन दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने उल्लेख छ ।
सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ ।
कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादित बनेका थिए ।
उनले सभापति पदबाट राजीनामा दिएका थिए । हालसम्म कांग्रेस अब कसलाई सभापतिमा पठाउने भन्ने निर्णय गर्न अझै बाँकी रहेको छ ।