काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनको नारा तय गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको नारा “निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य” तय गरिएको हो ।
ललितपुरको गोदावरीमा आयोजना हुने महाधिवेशनमा देशभरबाट दुई हजार १२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी कुल दुई हजार ३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।
एमालेको विधान महाधिवेशनले पार्टीको आन्तरिक संरचना मजबुत बनाउने र आगामी राजनीतिक रणनीतिका लागि दिशानिर्देश तय गर्ने उद्देश्य राखेको छ ।