Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वीरगन्जबाट पठाइएका १० नमुनामध्ये ८ जनामा हैजा पुष्टि

वीरगन्जबाट पठाइएका १० नमुनामध्ये ८ जनामा हैजा पुष्टि

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वीरगन्जबाट हैजाको आशंकामा पठाइएका बिरामीका नमुनामा परीक्षण गर्दा ८ मध्ये १० नमुनामा हैजाको संक्रमण पुष्टि गरेको छ।

प्रयोगशालाका अनुसार, वीरगन्जबाट बिरामीहरूको दिसा नमुना स्वरूप पठाइएको थियो ।

प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० मध्ये ८ नमुनामा हैजाको संक्रमण भेटिएको हो । बाँकी दुई नमुनाको परीक्षणको नतिजा बुधबार सार्वजनिक हुने बताइएको छ ।

त्यसअनुसार, वीरगन्जमा हाल हैजा संक्रमणको अवस्था सघन निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077