Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आह्वान

विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आह्वान

मंगलवार , भाद्र १०, २०८२

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् ।

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले सो आह्वान गरेका हुन् । उनले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने,“देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहनुभएका नेपालीबमे सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उहाँले यस्ता कार्यक्रम आदानप्रदान हुन आवश्यक रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077