Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

वडाध्यक्ष नै रोजगारी खोज्दै विदेश उडेपछि...

वडाध्यक्ष नै रोजगारी खोज्दै विदेश उडेपछि...

बुधवार , भाद्र ११, २०८२

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू विदेशिएको बताएका हुन् ।
इमान्दारीपूर्वक काम गर्दा पनि जस नपाएकाको भन्दै उनले आफू विदेशिएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो । तर, जति गर्दा पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन । त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एकपटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।’

यद्यपि उनले आफ्नो अनुपस्थितिमा पनि वडाको सेवा प्रवाहमा कुनै असर नपर्ने दाबी गरेका छन् । लामाले वडा सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहक जिम्मेवारी दिएको औपचारिक पत्र गाउँपालिकामा पठाएका छन् ।

उनले भनेका छन्–‘मैले वडाको पद छाडेकै कारणले गर्दा वडाबाट प्रवाह हुने कुनै पनि सेवा सुविधाहरू प्रभावितहुने छैन । सबै जनाले कार्यवाहक वडा अध्यक्ष मार्फत सदा झैँ निरन्तर सेवा पाउनु हुनेछ ।

लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । उनले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर रोजगारीका लागि जर्मनी गएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले पनि वडाध्यक्ष लामा स्वदेश नफर्किने भनेर विदेश गएको जानकारी पाएको बताए । लिखित रुपमा राजीनामा नदिइ कार्यवाहक तोकेर विदेशिएका लामाले राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको घोषणा गर्दै बिदेशिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077