Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोदीलाई टाउको घुम्ने गरी कर लगाउनेछु भनेपछि भारत–पाकिस्तान युद्ध रोकियो : डोनाल्ड ट्रम्प

मोदीलाई टाउको घुम्ने गरी कर लगाउनेछु भनेपछि भारत–पाकिस्तान युद्ध रोकियो : डोनाल्ड ट्रम्प

बुधवार , भाद्र ११, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने र व्यापार सम्झौता रद्द गर्ने धम्की दिएर भारत–पाकिस्तान युद्ध रोकेको दाबी गरेका छन् ।
बुधबार ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकमा ट्रम्पले यस्तो दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीबारे जानकारी दिँदै भारत र पाकिस्तानबीचको द्वन्द्व टारेको उल्लेख गरे ।

ट्रम्पले भारत–पाकिस्तान सैन्य द्वन्द्वको समयमा आफूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई युद्ध जारी रह्यो भने अमेरिकाले उच्च शुल्क लगाएर तपाईंको टाउको घुमाउने भनेको बताएका हुन्।

ट्रम्पले आफ्नो हस्तक्षेपले पाकिस्तानलाई पछि हट्न बाध्य बनाएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077