Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारत–अमेरिका सम्बन्धमा तनाब : मोदीले गरे ट्रम्पको फोन चारपटक अस्वीकार

भारत–अमेरिका सम्बन्धमा तनाब : मोदीले गरे ट्रम्पको फोन चारपटक अस्वीकार

बुधवार , भाद्र ११, २०८२

एजेन्सी । भारत–अमेरिका सम्बन्ध पछिल्लो समय तातिँदै गएको छ ।

जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङ ले प्रकाशित गरेको समाचारलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स ले जनाएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन कल चार पटक अस्वीकार गरेका छन् ।

रिपोर्टका अनुसार, पछिल्ला हप्तामा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँग प्रत्यक्ष कुराकानी गर्न पटक–पटक प्रयास गरे पनि मोदीले संवाद गर्न नमानेका हुन्।

अमेरिकाले भारतमाथि लगाएको भारी करका कारण सम्बन्ध चिसिँदै गएको विश्लेषण गरिएको छ। हालै अमेरिकाले भारतीय वस्तुमा २५ प्रतिशत कर लगाएको थियो।

त्यसपछि रुससँग कच्चा तेल किनेको आरोपमा थप २५ प्रतिशत शुल्क थप्दै कुल ५० प्रतिशत कर लागू गरेको अमेरिकी निर्णयले दुवै देशबीचको व्यापारिक तनाब झनै बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077