काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधनमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको सुनिश्चितताः उपभोक्ताको अधिकार हाम्रो चासो विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानमा रहेका अफ्ठ्याराहरू फुकाउन विधि र प्रक्रियामार्फत अघि बढ्ने उल्लेख गरे । सरकार बन्दाखेरि नै सातबुँदे सहमतिमा संविधान संशोधनको विषय प्राथमिकतामा रहेको बताए ।
संविधान बनेको एक दशक भएको र निर्वाचन पनि भइसकेको अवस्थालाई मध्यनजर गरी अफ्ठ्याराहरू फुकाउनुपर्ने उनको भनाइ छ ।