Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा जुवातास धन्दा : नौ जना पक्राउ, दुई लाख बरामद

काठमाडौंमा जुवातास धन्दा : नौ जना पक्राउ, दुई लाख बरामद

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । राजधानी काठमाडौंमा जुवातास खेल्ने र खेलाउने गरेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक छापा मार्दा उनीहरूलाई नगद दुई लाख २१ हजार रुपैयाँ र दश बुक ताससहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका–२ सानोभर्‍याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौं महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौं महानगरपालिका–१३ का ४९ वर्षीय अमर महर्जन, काठमाडौं महानगरपालिका–३१ का ५४ वर्षीय गोपाल तण्डुकार, रामेछाप शैलुङ दोरम्बा गाउँपालिका–७ का ४८ वर्षीय खेमबहादुर थापा, काठमाडौं महानगरपालिका–२४ का ५० वर्षीय सानुकाजी महर्जन र काठमाडौं महानगरपालिका–१८ का ४५ वर्षीय राजु नापित रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077