Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपाका नेता पाँडे पक्राउ

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपाका नेता पाँडे पक्राउ

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँडेले ह्वाट्सएपसहितका विद्युतीय माध्यम प्रयोग गरी महिलालाई गालीगलौज गरेको उजुरी परेपछि बुधबार उनी आफैं प्रहरीसमक्ष स्पष्टीकरण दिन पुगेका थिए । तर प्रहरीको साइबर ब्यूरोले उनलाई कार्यालयमै नियन्त्रणमा लिएको हो ।

साइबर ब्यूरोका अनुसार पाँडेविरुद्ध साइबर अपराध मुद्दा दर्ता गरी बिहीबार अदालतमा म्याद थपका लागि उपस्थित गराइने तयारी भइरहेको छ ।

यसअघि मंगलबार साइबर अपराधकै आरोपमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर भने बुधबार केही घन्टामै हाजिरी जमानीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077