Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सरकारले सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने निर्णय गरेपछि महेश बस्नेत खुशी

सरकारले सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने निर्णय गरेपछि महेश बस्नेत खुशी

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जाल सूचीकरण नभएमा बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता बस्नेतले सरकारको निर्णयको स्वागत गरेका हुन् ।

‘७ दिन भित्र सामाजिक सञ्जाल सूचीकरण नभएमा बन्द गर्ने सरकारको निर्णय साँच्चै प्रशंसनीय छ,’ उनले लेखेका छन्, ‘सामाजिक सञ्जाल अब केवल मनोरञ्जन वा आलोचना गर्ने माध्यम मात्र होइन, समाजमा ठुलो प्रभाव पार्ने शक्ति बनेका छन्। त्यसैले यी प्लेटफर्मलाई जिम्मेवार र कानुनी दायराभित्र ल्याउनु समयको माग हो।’

उनले सूचीकृत नभए बन्द गर्ने सरकारको चेतावनी भनेको अभिव्यक्तिमा रोक होइन, बरु जबाफदेही डिजिटल वातावरण बनाउने पहल रहेको बताए ।

‘अब फेक न्युज, घृणास्पद प्रचार र गैरजिम्मेवार प्रयोगलाई नियन्त्रण गर्न सजिलो हुन्छ,’ उनले लेखेका छन्, ‘डिजिटल नेपाल निर्माणको यात्रामा पारदर्शिता र कानुनी उत्तरदायित्व अनिवार्य छ। सरकारको यस निर्णयलाई सम्पूर्ण नेपालीले समर्थन गर्नुपर्छ।’

सरकारले फेसबुक, टिकटक, एक्स लगायतका सामाजिक सञ्जाल सञ्चालकहरूलाई नेपालमा दर्ता हुन ७ दिनको अन्तिम म्याद दिएको छ । नेता बस्नेतमाथि सामाजिक सञ्जालमा गालीको वर्षा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077