Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

बिहिवार , भाद्र १२, २०८२

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा आज बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका -५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद गरी चार जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको छ। सो स्थानमा अहिलेसम्म चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनाको कारण पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यस्तै घाइते हुनेमा नवदुर्गा गाउँपालिका-५ की १८ वर्षीया सुशीला विक, सोही ठाउँका ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक र चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएका छन्।

उनीहरुमध्ये सुशिला विक र जिप चालक रामबहादुर साउदको अवस्था गम्भीर छ । उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077