काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा हिजो पक्राउ परेका पाँडेलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
सामाजिक सञ्जाल प्लेटफर्ममार्फत आफूलाई गालीगलौज र चरित्रहत्या प्रयास गरेको आरोपमा एक महिलाले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएपछि पाँडेविरुद्ध पक्राउ पुर्जी भएको थियो ।
केही दिनअघि नै पक्राउ पुर्जी जारी भए पनि उनी हिजो बुधबार आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए ।
पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत हुन् ।