Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

जलाउँदै गरेको शवको हड्डी र मासु किनबेच प्रकरण : चारै जना १० हजार धरौटीमा रिहा

जलाउँदै गरेको शवको हड्डी र मासु किनबेच प्रकरण : चारै जना १० हजार धरौटीमा रिहा

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । पशुपति आर्यघाटबाट शवको हड्डी र मासु किनबेच गरेको आरोपमा पक्राउ परेका ४ जना धरौटीमा रिहा भएका छन्। उनीहरूविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।

गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो।

ढकाल र मैनालीले पशुपतिमा जलाउँदै गरेको शवको हड्डी ठाकुर र यादवलाई ५ सय रुपैयाँमा बेचेको आरोप लागेको थियो ।

यसैबीच, रामनन्दन ठाकुरले भने पशुपतिमै भेट भएका एक जना जोगीबाबाले ‘तिमिलाई संकट छ मानिस जलाएको खरानी लिई पूर्वतर्फ फर्किएर पूजा गरी बाग्मतीमा बगाइदिए संकट टर्छ’ भनेपछि आफूले खरानी किनेको बयान प्रहरीसमक्ष दिएका छन् ।

उनले बयानमा जोगीबाबासँग भएको भेटदेखि शव जलाउने व्यक्ति गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकालसँगको भेट र आफूलाई खरानी ल्याएर दिने मैनालीसम्मको सम्बन्धका बारेमा बेलीविस्तार लगाएका छन् ।

उनले आफू धेरै पढेलेखेको मान्छे नभएको र जोगीबाबाले भनेबमोजिम संकट टार्नका लागि खरानी लिएर पूजा गरेको बयान दिएका हुन् । उनले हड्डी र मासु नलिएको पनि बताएका छन् ।

उनले बयानमा भनेका छन्–‘मानिस जलाइसकेको खरानी निकालेवापत ढकालले नगद एक हजार रूपैयाँ माग गरेका थिए। मैले उनलाई चार सय र विनायक मैनालीलाई एक सय गरी जम्मा पाँच सय रूपैयाँ दिएको हुँ। मैले कहीँकतै लैजानको लागि उक्त खरानी लिएको होइन। विनायक मैनालीसँग उक्त खरानी भएको बट्टा लिइसकेपश्चात् मैले उक्त बट्टा खोली हेरिनँ। आफ्नो टाउकोमा घुमाएर बाग्मती नदीमा बगाइदिएको हुँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077