Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इनरुवा–६ का वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी, कार्यवाहक तोकेर फरार

इनरुवा–६ का वडाध्यक्ष थापाविरुद्ध पक्राउ पुर्जी, कार्यवाहक तोकेर फरार

बिहिवार , भाद्र १२, २०८२

सुनसरी । इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । थापाविरुद्ध शरीर अंगभंगसम्बन्धी फौजदारी मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो ।

सरकारी पदमा रहेका जो कोही विरुद्ध अदालतमा फौजदारी मुद्दा दर्ता भएमा पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था भए पनि वडाध्यक्ष थापाले मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भएपछि समेत वडाको दैनिक कामकाज संचालन गरेका थिए ।

उनले नागरिकता लिन आउने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिससमेत पठाएका थिए । तर उनी ८ गतेसम्म कार्यालयको कामकाज गरेपछि ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार छन् ।

मुद्दा २०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ जाँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र।१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकल ठक्कर दिँदा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन् । विभिन्न अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भए तापनि हाल अशक्त अवस्थामा छन् ।

पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि उच्च अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई जवाफ दिन आदेश दिएको थियो।

त्यसपछि गत साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते पक्राउ पुर्जी जारी गरिएको सुनसरी प्रहरीले जनाएको छ । वडाध्यक्ष फरार रहेकोले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077